November 19, 2017

एकान्तकुनाको सुजुकी ड्राइभिङ सेन्टरमा आगलागी

ललितपुर, २७ कार्तिक । लतिलपुरको एकान्तकुनामा रहेको सुजुकी ड्राइभिङ सेन्टरमा आगलागी भएकाे छ ।

केहिबेर अघिदेखि त्यहाँ आगो लागेको हो ।  दमकलको प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन । क्षतिकाे विस्तृत विवरण आउन बाँकी नै छ ।