November 20, 2017

इराक र इरानको उत्तरी सीमामा ७.३ रेक्टरको भूकम्प, १ सय २९ जनाको मृत्यु

काठमाण्डाै,२७ कार्तिक । इरान र इराकको सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

इराकको कस्बे हलब्जाबाट ३२ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु रहेको अमेरिकी जियोलोजिकल सर्वेले जनाएको छ । भूकम्पका कारण हालसम्म १ सय २९ जनाको मृत्यु भएको छ भने एक हजार भन्दा बढी घाइते भएका छन ।

भूकम्प गएसँगै मानिसहरु घरबाट बाहिर सडकमा निस्किरहेका छन् । अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ ।  भूकम्पको झटका इरान र इराकका बिभिन्न क्षेत्रमा महसुस गरिएका त्यहाँका संचारमाध्यमले जनाएका छन ।

थुप्रै भवन भत्किएका छन भने अधिकांश ठाउँमा बिद्यूत आपूर्ती बन्द भएको छ । इराकको कुर्दिस्तानमा कैयौं मानिसल घर छोडेर भागेका छन । उद्दारका लागि परिचालन भएको टोली ठाउँ ठाउँमा आएको पहिरोका कारण रोकिएको छ । मृत्युको संख्या अझै बढन सक्ने अनुमान गरिएको छ