November 20, 2017

अमृतरुपी अमलाको यस्ता छन् ५ फाइदाहरू

अमला भिटामिन ‘सी’ ले भरिपूर्ण अमृतरुपी फल हो । यसको अलावा अमलामा क्याल्सियम, आइरन, फस्फोरस, फाइबर तथा कार्बोहाइड्रेट पनि पर्याप्त मात्रामा पाइन्छ । हामी सबैलार्इ थाहा छ कि अमला हाम्रो छाला एवम् कपालको लागि धेरै लाभदायक छ । ब्युटी प्रोडक्ट्सको लागि यो मुख्य तत्व नै हो । तर पनि स्वास्थ्यसँग सम्बन्धित यसका कैयौं फाइदाको बारेमा सबैलार्इ थाहा नहुन सक्छ । यस्ता छन् अमलाका मुख्य पाँच फाइदाहरू :-

१. अमलामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट, पोटासियम, कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, भिटामिन सी, ए, बी कम्लेक्स, आइरन पाइन्छ । यसले रगतमा सुगरको मात्रा नियन्त्रण गर्दछ ।

२. अमलाले मेटाबोलिक क्रियाशीलता बढाउँछ । यसले शरीरलार्इ स्वस्थ बनाउँछ । अमलाले खाना पचाउन मद्दत गर्दछ ।

३. अमलाको सेवनले हाड बलियो बनाउँछ । हाडजोर्नीको दुखाइ, अस्टोपोरोसिस, आर्थराइटिस जस्ता समस्याबाट आराम दिलाउँछ । हृदयको मांसपेशीको लागि पनि अमला उत्तिकै उत्तम हुन्छ ।

४. अमला सेवनले तनावबाट मुक्ति दिलाउँछ । यसले राम्रोसँग निन्द्रा पर्छ । मृगौलामा हुने संक्रमण वा पत्थरीबाट समेत छुटकारा दिन्छ ।

५. अमलामा ब्याक्टेरिया तथा फंगससँग लड्ने क्षमता हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । साथै हाम्रो शरीरबाट टक्सिन अर्थात् विषजन्य पदार्थलार्इ बाहिर निकाल्न सहयोग गर्दछ ।