November 20, 2017

उचाइ बढाउन खानुहोस् यी पाँच चिज

उचाइ व्यक्तित्वको एउटा महत्वपूर्ण हिस्सा हो । उचाइले हाम्रो व्यक्तित्व झल्काइरहेको हुन्छ । कतिपय मानिसको आमाबुबा अग्ला भएर पनि छोराछोरी होचा हुनुको कारणले उनीहरूलार्इ हिनताबोध हुने गर्दछ । यदि तपाइँ पनि होचो भएको कारणले वा आफ्ना नानीबाबुको उचाइको कारणले चिन्तित हुनुहुन्छ भने आजैदेखि यी खानेकुराहरू खान वा खुवाउन शुरु गर्नुहोस् ।

सिमी

सिमी फाइबर, फोलेट, प्रोटिन, भिटामिन तथा कार्बोहाइड्रेटले भरिपूर्ण हुन्छ । सिमीको विषयमा धेरै अध्ययन अनुसन्धानहरू भएका छन् जसबाट यो थाहा हुन आएको छ कि दैनिक रुपमा सिमी खानाले उचाइ बढाउन सहयोग मिल्छ ।

ब्रोकाउली

हाम्रो उचाइ बढाउन सहयोगी सिद्ध हुने अर्को महत्वपूर्ण चिज ब्रोकाउली हो । ब्रोकाउली खानाले हाम्रो शरीरको ग्रोथ हर्मोन बढ्न गर्इ उचाइ बढ्दछ । यसमा फाइबर, भिटामिन तथा आइरन भरपूर मात्रामा पाइन्छ ।

गार्इको दुध

हालसालै भएको एउटा अनुसन्धानले के खुलासा गरेको छ भने गार्इको दुध पिउने बच्चाको उचाइ अन्य बच्चाको तुलनामा छिटो बढ्दछ । सेन्ट माइकल अस्पतालको टिमले सो कुरा पुष्‍टि गरेको हो । उक्त अनुसन्धान ५ र ६ वर्ष उमेरका ५००० बच्चाहरूमा गरिएको थियो ।

सलगम

उचाइ बढाउन सलगम पनि उपयोगी साबित हुन सक्छ । सलगममा पनि ग्रोथ हर्मोन पाइन्छ । यसलार्इ तपाइँ सुप बनाएर वा तरकारीको रुपमा पनि खान सक्नुहुन्छ ।

दुध र सख्खर

दुधमा सख्खर मिलाएर खानुभयो भने पनि तपाइँको उचाइ बढाउन थप मद्दत गर्दछ । यसरी दुधमा सख्खर मिसाएर पिउनाले शरीरको विकास द्रुत गतिमा हुन्छ ।