November 20, 2017

बलिउड नायिका दिशा पाटनीको हट फोटो भाइरल

काठमाण्डौं, २६ कार्तिक । सन् २०१६ मा ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बाट बलिउडमा करियरको शुरुवात गरेकी दिशा पाटनी अहिले इंस्टाग्राममा पोष्ट गरिएका हट तस्वीरका कारणले चर्चामा छिन् ।

यस अघि उनी टाइगर श्राफसँगको आफ्नो मित्रता र उठबसका कारण चर्चामा रहने गर्थिन् ।

‘म्याक्सिम’ पत्रिकाको लागि गराएकी फोटो सुटको कारणले दिशा आफ्ना फ्यानहरूका माझमा फेरि छाएकी हुन् । उनले फोटो सुटमा खिचाएकी हट फोटोहरू इंस्टाग्राममा शेयर गरेकी छिन् र उक्त तस्वीरहरू भाइरल भइरहेको जनाइएको छ ।

दिशा आजभोलि टाइगर श्राफसँग ‘बागी-२’ को सुटिंग गरिरहेकी छिन् । उक्त फिल्मको पहिलो समय तालिका सकिएसँगै टाइगरले दिशा पाटनीसँग फोटो खिचाइ सामाजिक संजालमा सार्वजनिक पनि गरेका थिए ।