November 20, 2017

ट्रम्प र पुटिनबीचकाे भेटवार्ता सकारात्मक

काठमाण्डौं, २६ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियन नेता भ्लादिमिर पुटिनसँग भियतनाममा आयोजित एशिया-प्रशान्त क्षेत्रीय शिखर सम्मेलनमा भएको छोटो भेटमा “सकारात्मक छलफल” भएको बताएका छन् ।

उनले ट्वीटरमार्फत् “घृणा गर्ने र मुर्खहरूले” दुर्इ देशबीच असल सम्बन्ध नचाहेको भन्दै कडा रुपमा प्रस्तुत भएका थिए ।

भेटमा ट्रम्प र पुटिनबीच भएको छोटो भेटवार्तामा सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावमा पुटिनको हस्तक्षेपकारी संलग्नता भएको भन्ने आरोपका बारेमा पुटिनको गुनासो र सिरियाको बारेमा छलफल भएको बुझिएको छ ।

तर दुर्इ नेताहरूबीच ‍औपचारिक वार्ता भने भएको छैन । ट्वीटरमार्फत् ट्रम्पले आफूले रसियाको सहयोगमा उत्तर कोरिया, सिरिया, युक्रेन र आतंकवादको समस्या समाधान गर्न चाहेको प्रष्ट पारेका छन् ।

उक्त ट्वीटर सन्देशमा पूर्व राष्ट्रपति बाराक ओबामाको पुटिनसँग “केमेस्ट्री” नमिलेको पनि उल्लेख गरेका छन् ।

बिबिसी