November 19, 2017

भारतमा ७५ प्रतिशत डाक्टरहरुले कार्यस्थलमै हिंसा भोग्छन्

काठमाण्डौ, २० वैशाख । ‘द ल्यान्सेट’ नाम गरेको बेलायतकाे मेडिकल जर्नलले मेडिकलको क्षेत्रमा नयाँ तथ्यको खुलासा गरेको छ ।

उक्त रिपोर्टका अनुसार भारतमा ७५ प्रतिशतभन्दा बढि डाक्टरहरुले आफ्नो जीवनमा कमसेकम एकपटक शारीरिक र मौखिक हिंसाको सामना गर्छन् । पछिल्लो समय ४० प्रतिशत डाक्टरहरुले हिंसाको सामना गरे ।

डाक्टर र बिरामीबीच विश्वासको वातावरण नहुनुका धेरै कारणहरु मध्ये यसलाई पनि एक मुख्य जिम्मेवार मानिएको छ ।