November 20, 2017

भोजन सम्बन्धी महत्वपूर्ण २५ टिप्स जान्नुहोस्, स्वस्थ रहनुहोस् ।

सन्तुलित खानाले स्वास्थ्यको लागि अनगिन्ती फाइदा पुर्याउँछ । कैयौं दीर्घ रोगहरूको खतरा कम गर्नुका साथै स्वस्थ खानाले हाम्रो शरीरलार्इ तन्दुरुस्त राख्न मद्दत गर्दछ भन्ने कुरा वैज्ञानिक तवरले प्रमाणित भैसकेको छ । हामीले आफ्नो खाना सम्बन्धी व्यवहार पूर्ण रुपमा परिवर्तन गर्न नसके पनि क्रमशः थोरैथोरै गरेर परिवर्तन गर्दै लैजानुपर्दछ । यस्ता छन् तपाइँलार्इ दीर्घ रुपमा फाइदा पुर्याउने टिप्सहरू :-

 

१. बिस्तारै खानुहोस् ।

२. प्रशोधन नगरिएको प्राकृतिक अन्नको प्रयोग गर्नुहोस् ।

३. भोजनमा दही समावेश गर्नुहोस् ।

४. सूची बनाएर मात्र किनमेल गर्नुहोस् ।

५. बिहानको खाजामा अण्डा अनिवार्य खानुहोस् ।

६. प्रोटिनयुक्त खानेकुराको मात्रा बढाउनुहोस् ।

७. प्रशस्त पानी पिउनुहोस् ।

८. तेलमा तारेको भन्दा आगोमा सेकाएको वा सुख्खा भुटेको खानुहोस् ।

९. ओमेगा-३ र भिटामिन डी पाइने खानेकुरा खानुहोस् ।

१०. रेस्टुरेन्टमा खान छोड्नुहोस् ।

११. प्रत्येक हप्ता फरक-फरक रेसिपीको प्रयोग गर्नुहोस् ।

१२. तारेको आलु वा फ्रेन्च फ्राइज भन्दा उसिनेको वा पोलेको आलु खानुहोस् ।

१३. खानाभन्दा अघि सलाद खानुहोस् ।

१४. जुस पिउनुभन्दा फलफूल नै खानुहोस् ।

१५. बाहिर खान छोड्नुहोस् अर्थात् घरमै खाना पकाउने गर्नुहोस् ।

१६. सक्रिय भर्इ शारीरिक अभ्यास गर्नुहोस् ।

१७. बजारको गुलियो पेय पदार्थ छोड्नुहोस् र सुगर-फ्री वा शुद्ध पानी पिउनुहोस् ।

१८. बजारको ‘डाइट फुड’ बाट टाढै रहनुहोस् ।

१९. आवश्यक मात्रामा मस्त सुत्नुहोस् ।

२०. सुकाइएका फलफूलभन्दा ताजा फलफूल खानुहोस् ।

२१. बजारका रेडिमेड चिप्स भन्दा भुटेको मकै खानुहोस् ।

२२. बजारका रिफाइन्ड तेलभन्दा  स्वस्थ र शुद्ध प्राकृतिक तेल प्रयोग गर्नुहोस् ।

२३. सानो थाल वा प्लेटमा खाने गर्नुहोस् ।

२४. खानालार्इ सलादले सजाउनुहोस् ताकि तपाइँको खाना थोरै होस् ।

२५. सादा कफी (ब्ल्याक कफी) पिउने गर्नुहोस् ।

कतिपय माथि उल्लेखित सुझावहरूले तपाइँको खानाको मात्रा घटाउन सहयोग गर्नेछ भने कतिपयले तपाइँको खानामा थप पोषक तत्वहरू समावेश गर्न मद्दत गर्नेछ । माथिका बुँदाहरूसँग सम्बन्धी कारण र व्याख्या लिएर हामी क्रमशः प्रस्तुत हुनेछौं । पढेर शेयर गर्न नभुल्नुहोला ।