टस जितेर राइजिङ पुने फिल्डिङ गर्दै

काठमाण्डौ, २० वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आजको खेलमा कोलकत्त नाइट राइडर्स र राइजिङ पुने सुपरजायन्ट्स भिड्दैछन् ।

कोलकत्तको इडेन गार्डेन्समा हुने खेलमा पुनेले टस जितेर फिल्डिङ रोजेको हो । पुनेका लागि कुनै पनि खेलाडी परिवर्तन नभए पनि कोलकात्ताका लागि रोविन उथापा अनफिट भएपछि उनको स्थानमा सूर्यकुमार यादवले खेल्नेछन् ।

तालिकामा कोलकत्ताको १४ अङ्क छ भने पुनेको १२ अङ्क रहेको छ । कोलकत्ता आजको खेल जितेर प्लेअफमा छिर्न चाहन्छ भने पुने प्लेअफमा सम्भावना बनाइराख्न चाहन्छ ।

पछिल्ला तीन भेटमा तीनै पटक काेलकत्ताले जितेकाे छ । पुने अाज बदला लिने रणनीतिका साथ मैदानमा उत्रनेछ ।