November 20, 2017

सलमानले पूर्वप्रेमिका कट्रिनासँग लभ मेकिंग सिन गर्न मानेनन्

काठमाण्डौं, २४ कार्तिक । पाँच वर्षपछि ठूलो पर्दामा सँगै आउन लागेका सलमान खान र कट्रिना कैफ अभिनित चलचित्र ‘टाइगर जिंदा है’ को ट्रेलर रिलिज भैसकेको छ । एक्सनले भरिपूर्ण यस फिल्मको प्रोमोलार्इ फ्यानहरूले धेरै रुचाएका छन् ।

पुरै ट्रेलरभरि कतै पनि सलमान र कट्रिनाबीचको लभ केमिस्ट्री वा लभ  मेकिंग सिन देखिंदैन । यो जानीजानी गरिएको र यसको कारण अरु कोही नभएर सलमान आफैं भएको बुझिएको छ ।

 

स्रोतका अनुसार सलमानले फिल्म डाइरेक्टर अली अब्बास जफरलार्इ आफू र कट्रिनाबीच सुट गरिएको कुनै पनि रोमान्टिक दृश्य ट्रेलरमा सामेल नगर्न कडा निर्देशन दिएका थिए ।

सलमानले उक्त कदम किन उठाए भन्ने धेरैलार्इ लाग्न सक्छ । उनको उद्देश्य उनलार्इ रुचाउने सम्पूर्ण दर्शकलार्इ सिनेमा हलसम्म ल्याउनु रहेको छ । उनीहरूको रोमान्स हेर्न दर्शकहरू हलसम्मै आऊन् भन्ने चाहना सलमानको देखिन्छ । सलमानका कैयौं फ्यानहरू यो जोडीलार्इ रिल लाइफमा मात्र नभएर रियल लाइफमा समेत देख्न चाहन्छन् ।

बिग बोसको स्टेजमा यो शनिबार ‘टाइगर जिंदा है’ को पहिलो गीत रिलिज हुँदैछ । सलमान र कट्रिनाबीचको उक्त गीतको रोमान्टिक लभ ट्रेक अष्ट्रियामा खिचिएको भनिएको छ । एजेन्सी