खुल्ला व्यापारले लाखौं अमेरिकीहरूको रोजगारी खोसिएको ट्रम्पको भनाई

काठमाण्डौं, २४ कार्तिक ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका अब कुनै पनि रुपमा हुने गरेको व्यापारिक दूर्व्यवहार सहन नसक्ने बताएका छन ।

भियतनाममा आयोजित एशिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को महत्वपूर्ण शिखर सम्मेलनलार्इ सम्बोधन गर्दै   ट्रम्पले भने , ‘एपेक राष्ट्रहरूले सन्तुलित पारस्परिक व्यापारको नीति अवलम्बन गरुन्जेल अमेरिका मिलेर काम गर्न तयार छ।’

उनले खुल्ला व्यापारले लाखौं अमेरिकीहरूको रोजगारी खोसिएको र आफूले उक्त असन्तुलनलार्इ हटाउन चाहेको बताए ।

एशिया-प्रशान्त क्षेत्रीय आर्थिक सहयोग संगठन ( एपेक) अन्तर्गत २१ वटा अर्थतन्त्रहरू संलग्न छन् जुन विश्वको कुल गार्हस्थ उत्पादनको ६० प्रतिशत हुन्छ ।

राष्ट्रपतिको कार्यभार सम्हालेदेखि यता अमेरिकी अर्थव्यवस्थामाथि आघात परेको भन्दै ट्रम्पले १२ वटा एपेक सदस्य राष्ट्रहरूसँगको सहकार्यबाट हात झिकिसकेका छन् ।

भियतनामको दा नाङ्ग सहरमा भइरहेको उक्त सम्मेलनलार्इ सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि खुल्ला व्यापार “बढी उदार, सन्तुलित, न्यायपूर्ण र सबैलार्इ लाभान्वित तुल्याउने खालको”  हुनुपर्नेमा जोड दिए । राष्ट्रपति ट्रम्प यतिबेला एशियाका पाँच राष्ट्रहरूको भ्रमणको क्रममा छन ।

बिबिसीबाट