न्यायालयमाथिको हस्तक्षेप बन्द गरिनुपर्छ

काठमाण्डौ, २० वैशाख । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव सत्ताको दुरुपयोग भएको बताएका छन् ।

कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावको विरोधमा काठमाण्डौको वसन्तपुरमा आयोजित कोणसभामा श्रेष्ठले न्यायलयमाथि कार्यपालिकाको हस्तक्षेपले राम्रो सन्देश नगएको टिप्पणी गरे । त्यस्तै बारका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले प्रधानन्यायाधीशलाई बदनाम गर्नका लागि महाअभियोग प्रस्ताव आएको बताए ।

विरोधसभामा सहभागीहरुले न्यायलयमाथिको हस्तक्षेप बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।