August 17, 2017

संशोधन प्रस्ताव र महाअभियोगको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने एमाले सचिव भट्टराईको चेतावनी

काठमाण्डौ, २० वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्तारुढ दलले अघि सारेको संविधान संशोधन प्रस्ताव र प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव दुवै फिर्ता नलिए आफ्नो पार्टीले सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

रिपोर्टस क्लबमा बोल्दै भट्टराईले कांग्रेसको कामकारबाही जनहितमा नभएको समेत आरोप लगाए । उनले कांग्रेस नै नेपालको अस्थिर राजनीतिको जननी भएको दोष लगाए । उनले देश पछि पर्नुको अर्को कारण भने माओवादीले थालेको सशस्त्र युद्ध अर्थात हिंसाको राजनीति रहेको आरोप लगाए ।

दुई दशकपछि नेपालमा स्थानीय तहको निर्वाचन हुन गैरहेकोले यसमा जनताहरुको उत्साहजनक सहभागिता रहेको समेत सचिव भट्टराईले स्पष्ट पारे । उनले भने, ‘हामी यो चुनाव ६० प्रतिशत भन्दा ज्यादा केन्द्रहरुमा विजयी हुन्छौं, किनकी हामीले लोकप्रिय नेताहरुको उम्मेदवारी दिएका छौं, हामीले तालमेल पनि गरेका छौं ।’