August 16, 2017

सरकारले एकै चरणमा स्थानीय तहको निर्वाचन गर्छः कमल थापा

काठमाण्डौ, १ वैशाख । उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापाले मधेशी मोर्चाले निर्वाचनमा भाग नलिए पनि सरकार वैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गराउने निर्णयमा पुगेको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले मोर्चासँग अन्तिम समयसम्म पनि सहमतिको प्रयत्न रहने भन्दै मोर्चा नआए पनि निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका हुन् ।

थापाले चुनाव प्रजातन्त्रको आत्मा भएकोले वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा उत्साहजनक रुपमा सहभागी हुन सबैलाई आग्रह समेत गरे ।

उनले राप्रपाको विधान र प्रस्तावनामा उल्लेख शब्द निर्वाचन आयोगले एकपक्षीय ढंगले हटाउने निर्णयको विरुद्धमा पार्टीले यसअघि पनि विरोध तथा धर्नाको कार्यक्रम गरिसकेको उल्लेख गर्दै ५ गतेसम्म निर्णय पूर्नविचारको लागि संस्मरणपत्र बुझाउने जानकारी दिए ।