November 20, 2017

पत्रकार ऋषि धमला माथि माल्विका सुव्वाको हमला, एलिजा भइन ट्वा (भिडियो सहित)

काठमाण्डौ २३ कार्तिक । पत्रकार ऋषि धमलाको नाम नसुन्ने सायदै  होलान । ‘टेलिभिजन शो’हरुमा गेष्टहरुलाई विवादस्पद प्रश्न सोधेर चर्चा बटुल्ने पत्रकार धमला कहिलेकाही आफै फन्दामा पर्ने गरेका छन ।

आफ्ना ‘टेलिभिजन शो’मा कहिले गायिका ज्योति मगरलाई भर्जिनिटीमा प्रश्न गर्ने त कहिले नायिका ऋचा शर्मालाई प्रेम र यौन जीवनका बारेमा प्रश्न सोधेर हैरान पार्ने ऋषि माल्विका सुव्वासंग आफै हैरान भएका छन ।

हिमालय टेलिभिजनबाट शुक्रबार राति ८ बजे प्रशारण हुने टिभी शो ‘जीवनसाथी’ कालागि पत्नी एलिजा सहित गेष्ट बनेर आएका धमलालाई माल्विकाले ‘ऋषि धमला र एलिजाले कति पटक यौन सम्बन्ध राख्छन’ भनेर प्रश्न सोद्धा उपयुक्त हुन्छ त ?  भन्ने प्रतिप्रश्नमा धमलापत्नी एलिजा एकछिन ट्वा परेकी थिईन ।

प्रस्तोता माल्विका सुव्वाले तपाई आफ्ना शोहरुमा केटी मान्छेहरुका निजी कुरा किन जान्न चाहानुहुन्छ ? भनेर सोद्धा धमलाले दर्शकहरुले म्यासेज गरेर यस्तो प्रश्न सोधिदिनु भन्छन अनि मैले त्यही गर्छु भन्दै आफ्नो बचाव गरेका थिए ।