November 20, 2017

दुर्इ युवकहरूले यसरी झुक्याए ट्वीटरलार्इ र भए विश्व चर्चित

काठमाण्डौं, २३ कार्तिक ।  ट्वीटर आफ्नो ट्वीटको अक्षर सीमा बढाउने कोशिसमा लागिरहेकै बेला दुर्इ जना जर्मन युवाहरूले बडो चलाखीका साथ अक्षरको सारा सीमालार्इ भंग गरिदिएका छन् ।

ट्वीटरमा पहिले जम्मा १४० अक्षर सम्मको सीमाभित्र मात्र ट्वीट गर्न सकिन्थ्यो भने हाल आएर ३८० अक्षरको सीमा तोकिएको छ । तर जर्मनीका ती दुर्इ युवाहरूले उक्त अक्षर सीमाको धज्जी उडाउँदै पुरै पैंतिस हजार अक्षरको ट्वीट गरेर ट्वीटर कम्पनीलार्इ  नै जिल्याइदिएका छन् ।

माइक्रोब्लगिंग साइटको एक कमजोरीको फाइदा उठाउँदै उनीहरूले ३५,००० अक्षरहरू भएको ट्वीट गरेका हुन् । ट्वीटरले उक्त ट्वीटलार्इ तुरुन्त हटाएको थियो र अकाउन्टलार्इ अस्थायी रुपमा बन्द गरेको थियो ।

केही समय पछि सो निषेध हटाइएको पनि जनाएको छ । उनीहरूले ट्वीटमा हामी क्यारेक्टर लिमिट क्रस गर्न सक्छौं नपत्याए प्रमाण हेर्नुहोस् भन्दै पुरै ३५ हजार अक्षर लेखेका थिए ।

आखिर कसरी संभव भयो त यस्तो?

तपाइँलार्इ लाग्न सक्छ जब ट्वीटरले अक्षर सीमा तोकेको हुन्छ भने कसरी उक्त कुरा संभव भयो र अक्षर सीमा कसरी तोडे । यसको रहस्य अर्का एक युजरले खोलेका छन् ।

खासमा ट्वीटको मुख्य भाग भनेकै एउटा युआरएल हुन्छ । युआरएलले ट्वीटरलार्इ एउटै अक्षर मान्छ । अर्थात् www. पछि स्पेस् नदिइकन जति अक्षर लेखे पनि अन्तिममा .com वा .cc जस्ता कुनै एक्सटेन्सन लगाइदिए हुन्छ । ती दुर्इ जर्मन युवाहरूले गरेको यही नै हो । तर अब यसो गर्न नमिल्ने गराइएको छ । भविष्यमा पुनः यस्तो नहोस् भन्नाको लागि कम्पनीले आवश्यक कदम उठाइरहेको छ ।

ट्वीटरले अब अक्षर संख्या दुर्इ गुना गरिदिएको छ । आफ्नो कुरा अब २८० मा व्यक्त गर्न सकिने गराइएको हो । सेप्टेम्बर देखि नै ट्वीटरले केही प्रयोगकर्ताहरूसँग यस्तो विशषताको परीक्षण गर्दै आएकोमा हाल आएर सबै समक्ष लन्च गरिएको छ । अक्षर सीमा बाहेक अन्य कैयौं फेरबदल ट्वीटरले गरेको छ ।  एजेन्सी