November 20, 2017

ट्रम्प सि जिनपिङसँग नम्र रुपमा प्रस्तुत

काठमाण्डौं, २३ कार्तिक ।  बुधबार चीन पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समकक्षी सि जिनपिङले उत्तर कोरियाली आणविक शक्तिप्रति देखाउनु भएको व्यवहारको प्रशंसा गर्दै नम्र रुपमा प्रस्तुत भएका छन ।

साथै उनले राष्ट्रपति सिलार्इ उत्तर कोरियालार्इ निशस्त्रीकरण गर्न अझै धेरै मिहनेत गर्न पनि अनुरोध गरेका छन ।

राजकीय भ्रमणकोक्रममा हाल चीनमा रहेका ट्रम्पले अमेरिकाको व्यापार घाटाबाट चीनले उठाएको फाइदाको बारेमा आफूले चीनलार्इ दोष नदिएको बताउँदै सबैलार्इ चकित पारेका छन् । बिहिबार बिहानै दुर्इ नेताहरू बीच भेटवार्ता भएको छ ।

अमेरिकालार्इ कमजोर नठान्न उत्तर कोरियालार्इ चेतावनी दिंदै आएका ट्रम्पको चीन भ्रमणको मुख्य विषय नै उत्तर कोरियाको आणविक कार्यक्रम रहेको जनाइएको छ ।

ट्वीटर समेत निषेध गरिएको चीनमा पटक-पटक ट्वीट गर्दै ट्रम्पले समकक्षी सिलार्इ आभार प्रकट गरेका छन् ।

एशियाका पाँच राष्ट्रको भ्रमणको सिलसिलामा रहेका अमरिकी राष्ट्रपतिले चीनपछि भियतनाम र फिलिपिन्सको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । बिबिसीबाट