November 20, 2017

रोनाल्डोको स्थानमा नेइमारलाई भित्र्याउन रियल म्याड्रिड तयार

काठमाण्डाै, २३ कार्तिक । स्पेनिस महारथी रियल मड्रिडले क्रिष्टियानो रोनाल्डोको स्थानमा ब्राजिलियन फरवार्ड नेइमारलाई क्लबमा भित्र्याउने बारे छलफल थालेको छ।

खेलकुदसम्बन्धी स्पेनिस पत्रिका मुन्दो देपोर्टिभोका अनुसार रियल मड्रिडका अध्यक्ष फ्लोरेनटिनो पेरेजले केही दिनअघि स्पेननै फर्किएर खेल्न सक्ने सम्भावनाबारे नेइमारसँग कुरा गरेका थिए ।

नेइमार गत सिजन मात्र बार्सिलोनाबाट महंगो रकममा पिएसजी आबद्ध भएका थिए। यो सिजन राम्रो फर्ममा लेखिएका नेइमारले १२ खेलबाट ११ गोल गरिसकेका छन् । क्रिष्टियोनो रोनाल्डोले यो सिजन अहिलेसम्म स्पेनिस ला लिगामा एक गोल मात्रै गरेका छन् । तर उनले च्याम्पियन्स लिगमा भने राम्रो गरिरहेका छन् ।

रोनाल्डोको रियल मड्रिडमा २०२१ सम्मका लागि मात्र सम्झौता छ । त्यसपछिका दिनमा नेइमार रोनाल्डोको विकल्प हुन सक्ने रियल मड्रिडको योजना छ ।  नेइमारका बुबाले रोनाल्डो रहेसम्म नेइमार मड्रिड नआउने समेत बताएका थिए। पिएसजीलाई उपाधि जिताउन केन्द्रित नेइमार पिएसजीमा खुसी देखिएका छन्।