October 20, 2017

महानगरीय प्रहरी कार्यालयका निमित्त प्रहरी आयुक्तबाट निर्वाचन सेलको निरीक्षण

काठमाण्डौ, २० वैशाख । स्थानीय तहको निर्वाचन सुरक्षाको स्थलगत वस्तुस्थिति बुझ्नको लागि निर्वाचन सेलको र स्थलहरुको निरीक्षण गरिएको छ ।

महानगरीय प्रहरी कार्यालयका निमित्त आयुक्त, प्रहरी नायब महानिरीक्षक बम बहादुर भण्डारीले काठमाण्डौ, भक्तपुर र ललितपुर परिसरको निर्वाचन सेलको निरीक्षण गर्नुका साथै निर्वाचन स्थलहरूको अनुगमन समेत गरिएको हो ।

निरीक्षणको क्रममा परिसर प्रमुखहरूले जिल्लाको सुरक्षा वस्तुस्थिति तथा निर्वाचन सुरक्षा तयारीको सम्बन्धमा जानकारी गराएका थिए । प्रहरी नायब महानिरीक्षक भण्डारीले निर्वाचन सुरक्षा योजना अनुसार प्रभावकारी प्रहरी परिचालन गर्न परिसर प्रमुखहरूलाई विशेष निर्देशन दिए ।

उनले निर्वाचन सुरक्षालाई प्राथमिकतामा राखी सुरक्षित र भयरहित वातावारणमा निर्वाचन सम्पन्न गराउनको लागि कर्तव्यनिष्ठ भई परिचालन हुनको लागि निर्देशन दिए ।