November 20, 2017

चुणामणी शर्माविरुद्ध अख्तियारले थाल्यो अर्को अनुसन्धान

काठमाण्डौ, २३ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा निलम्बित सहसचिव चुडामणी शर्माको घरमा ७ दिने म्याद टाँसेको छ ।

आयोगको टोलीले वडा सचिवको रोहवरमा बुधबार बुढानिलकण्ठ नगरपालिका–३ चण्डेश्वरी मार्गमा रहेको शर्माको घरमा पत्र टाँसेको हो । ‘बयानका लागि आयोगमा पटकपटक बोलाउँदा पनि आलटाल गर्ने, घरभित्रै बसेर कोही नभएको जवाफ दिने गरेकाले बाध्य भएर ७ दिने सूचना टाँस्नुपरेको हो’ अख्तियार उच्चस्रोतले भन्यो,

‘गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा परेको उजुरीमाथिको छानविन र बयानका क्रममा शर्मालाई डाक्न खोजिएको हो ।’ आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा भ्रष्टाचारको आरोप लागेर निलम्बनमा परेका शर्मामाथि कर निर्धारणमा अनियमितता गरेको आरोपमा झण्डैं १० अर्ब रुपैंयाँको बिगो र जरिवाना माग दाबी गरिएको छ ।

उनीविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ । उनीविरुद्ध अहिलेको अनुसन्धान भने गैरकानूनी सम्पत्तिआर्जनको उजुरीमा केन्द्रित छ । याे खबर कान्तिपुर दैनिकमा छ ।