October 20, 2017

टंकमणि शर्मालाई महालेखा परीक्षकमा नियुक्ति गर्न सिफारिस गरियाे

काठमाण्डौ, २० वैशाख । संवैधानिक परिषद्ले नेपाल सरकारका सचिव टंकमणी शर्मालाई महालेखा परीक्षकमा नियुक्ति गर्न सिफारिस गरेको छ ।

सिंदहरबारमा बुधबार बसेको बैठकले सचिव शर्मालाई महालेखा परीक्षकमा सिफारिस गरेको हो । शर्मा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवमा कार्यरत छन् । उमेर हदका कारण यसअघिका महालेखा परिक्षक भानु प्रसाद आचार्य अवकाश भएका छन् ।

महालेखा परीक्षकको पद लामो समयदेखि रिक्त रहेकाे थियो । संसदीय सुनुवाई पछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।