November 20, 2017

ट्रम्प दक्षिण कोरियापछि चीन पुगे

काठमाण्डौं, कार्तिक २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एशिया भ्रमणको सिलसिलामा आज चाइनाको बेइजिङ् पुगेका छन् ।

बेइजिङ्मा राष्ट्रपति सि जिनपिङले उनको भव्य स्वागत गरेका छन् । ट्रम्पले सिसँग उत्तर कोरियासँगको व्यापारिक सम्बन्ध र तनावको बारेमा छलफल गर्ने जनाइएको छ ।

केही समय अघि दक्षिण कोरियाको संसदमा बोल्दै ट्रम्पले चीनलार्इ उत्तर कोरियासँग सम्बन्ध तोड्न जोड दिएका थिए ।

पाँच एशियाली राष्ट्रहरूको भ्रमणको क्रममा ट्रम्पले यस अघि जापान र दक्षिण कोरियाको भ्रमण गरिसकेका छन् ।

चाइना आइपुग्नु अगाडि ट्रम्पले सि जिनपिङको प्रशंसा गर्नुभएको भए पनि ट्रम्पले चाइनाको व्यापारिक विषयमा गरेका आलोचनात्मक टिप्पणीहरूका कारण यी दुर्इ व्यक्तित्वबीचको द्वन्द्व कायमै छ ।

बिबिसी