November 20, 2017

मेस्सीलाई पछि पार्ने रोनाल्डोको दावी

काठमाण्डाै, २२ कार्तिक । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियोनो रोनाल्डोले यो सिजनमा सर्वाधिक गोल गरेर मेसीलाई पछि पार्ने दावी गरेका छन् ।

लिगका सुरुका चार खेल प्रतिबन्धमा परेर अहिलेसम्म स्पेनिस ला लिगामा एक गोल मात्रै गरेका रोनाल्डोले लिगमा अहिलेसम्म १२ गोल गरिसकेका बार्सिलोनाका मेसीलाई हराउने दावी गरेका छन् ।

स्पेनिस रेडियो अनदा सिरोलाई उद्धृत गर्दै एक्सप्रेसले रोनाल्डोले टिमका साथी खेलाडी मार्सेलो र सर्जियो रामोससँग मेस्सीलाई पछि पार्ने भन्दै बाजी राखेको जनाएको छ ।

आफू अहिले पछि परेको भए पनि अब लगातार गोल गर्दै लिगको सर्वाधिक गोलकर्ताको सूचिमा आफू अघि जाने र पिचिची अवार्ड आफूले नै जित्ने भन्दै रोनाल्डोल बाजी राखेको खबरमा दावी गरिएको छ ।