October 23, 2017

निर्वाचन लगत्तै देउवा प्रधानमन्त्री बन्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार खनालको ठोकुवा

काठमाण्डौ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले पहिलो चरणको निर्वाचन सम्पन्न भए लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै खनालले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि पनि अहिलेकै कांग्रेस–माओवादी केन्द्रको वर्तमान गठबन्धन नै कायम रहने विश्वास दिलाए । उनले विगतमा सत्ता समिकरणहरु भद्र सहमतिका कारण तोडिएका थुप्रै उदाहरण भएकोले अहिले त्यस्तो फोहोरी प्रवृत्ति नदाहोरिने स्पष्ट पारे ।

खनालले सरकारले परिमार्जन सहित संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई पहिलो चरणको निर्वाचन सम्पन्न भए लगत्तै सहमतिमा नै पारित गराउन गृहकार्य गरिरहेकोले संशोधन प्रस्ताव पारित हुने पनि विश्वास दिलाए ।