November 20, 2017

म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी लिगकाे चौथो स्थानमा

काठमाण्डाै, २० कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेकाे छ ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै लिगमा चौथो स्थानमा उक्लिएको हो। पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा मोराटाले गोल गरेका थिए ।

त्यही गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । जोसे मोरिन्होको टिम युनाइटेडका लागि यो अर्को घातक हार बन्यो ।  यसअघि युनाइटेड यो सिजन लिगमा हडल्सर्फिड टाउनसँग पराजित भएको थियो । हारपछि युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ८ अंकले पछि परेको छ ।

युनाइटेडको ११ खेलबाट २३ अंक भएको छ । सिटीको ३१ अंक छ । तेस्रो स्थानको टोटनह्यामको पनि युनाइटेड समान २३ अंक भएको छ। चौथो स्थानमा रहेको चेल्सीको २२ अंक भएको छ।