August 17, 2017

राजपाले लगाएका सबै अारोपकाे उपेन्द्र यादवद्वारा खण्डन

काठमाण्डौ, २० वैशाख । संघीय समाजवादी फोरम नेपालले संविधान संशोधनअघि निर्वाचनमा नजाने पूर्वप्रतिबद्धता तोडेको भनि राष्ट्रिय जनता पार्टी (राजपा) ले लगाएको आरोपको खण्डन गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष उपेन्द्र यादवले संघीयता, गणतन्त्र लगायत परिवर्तनका उपलब्धी जोगाउन पहिलो चरणको चुनावमा भाग लिएको बताए । उनले संविधान संशोधन गर्ने प्रतिबद्धता राज्यले दिइसकेको र त्यसअनुसार संशोधन विधेयक अगाडि बढेको हुनाले मधेसी मोर्चासँग पूर्वसहमति अनुसार चुनावमा गएको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा यादवले संविधान संशोधन हुन लाग्दा पछिल्लो साता नाटकीय ढंगले चलखेल भएको र राप्रपाका सांसद गायब पार्ने खेलले परिवर्तन उल्ट्याउने शक्तिहरु हाबी भएको आरोप लगाए । त्यस्तै उनले आईजीपीको बहानामा प्रधानन्यायधीशमाथि लगाइएको महाअभियोग गलत भन्दै तुरुन्त फिर्ता लिन पनि आग्रह गरे ।