August 17, 2017

महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दै महिला अधिकारकर्मीद्वारा प्रदर्शन

काठमाण्डौ, २० वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दै महिला अधिकारकर्मीहरुले बुधबार काठमाण्डौमा प्रर्दशन गरेका छन् ।

महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै प्रर्दशन गरेका हुन् । काठमाण्डौको बानेश्वरबाट सुरु भएको महिला अधिकारकर्मीहरुको विरोध जुलुश माईतिघरमा पुगेर धर्नामा परिणत भएको थियो ।

भ्रष्टाचार, अन्याय र अत्याचारको विरुद्धमा दृढतापूर्वक उभिएकाे व्यक्तिलाई नै महाअभियोग लगाउनु जायज नभएकाले आन्दोलनको विकल्प नभएको सञ्जालको भनाई छ ।