November 20, 2017

नरदमुनी गोल्डकप: दोश्रो दिनको खेलमा चर्च ब्याईज युनियन काठमाण्डौ बिजयी

यमन दनुवार / उदयपुर  १८ कार्तिक । नरदमुनी गोल्डकपको दोस्रो दिनको खेलमा चर्च ब्याईज युनियन काठमाण्डौ बिजयी भएको छ । खेल बराबरीमा सकिए पछि ट्राईबेकरमा चर्च ब्वाईजले दमक डिफसीलााई २ को बिरुद्ध ४ गोल गरि बिजय हात पारेको हो ।

खेलको पहिलो हाफमा दमक डिएफसी झापाका जर्सी नम्बर १६का प्रबिण राईले औ १६औ मिनेटमा गोल गरेको थिए । कडा प्रतिष्पर्धाको बावजुद खेलको दोस्रो हाफको ३ मीनेट मात्र बाँकी रहदा चर्च ब्याईज युनियन काठमाण्डौका ११ नम्बरका जंगु शेर्पाले रक्षार्थ गोल गरि खेल बराबरीमा पुर्याएका थिए ।

दोस्रो दिनकोे खेलमा चर्च ब्बवाईज युनियन काठमाण्डौको गोल रक्षक किशोर गिरी म्यान अफ दि म्याच बनेका थिए । दोस्रो दिनको खेलमा निलो जर्सीमा दमक डिफसी झापा र सेतो जर्सीमा ब्वाईज युनियन काठमाण्डौ  खेल मैदानमा उत्रिएका थिए । भोलि हुने खेल सप्तरी ११ र ब्वाईज युनियन काठमाण्डौबीच हुनेछ ।