October 23, 2017

प्रेस स्वतन्त्रताले नै लोकतन्त्रको अवस्था मापन गर्छ

झापा, २० वैशाख । २० औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा झापामा आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले प्रेस स्वतन्त्रताको अवस्थाले लोकतन्त्रको अवस्था मापन हुन बताएका छन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा आयोजित कार्यक्रममा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईले अभिव्यक्ति स्वतन्त्रताको स्तरले राज्यमा लोकतान्त्रिक अवस्थालाई चित्रण गर्ने बताए ।

त्यस्तै शाखा अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपाल झापा शाखा सचिव प्रदिप परियारले आज पनि सञ्चारकर्मीहरुले स्वतन्त्रपूर्वक बोल्ने लेख्ने अवस्था नरहेको बताए ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार लोक रेग्मीको प्रस्तुति रहेको ‘मिलन विछोड’ नामक म्युजिक भिडियोको समेत लोकार्पण गरिएको थियो ।