May 23, 2017

२ सय करोड मानिसहरु प्रदूषित पानी पिइरहेका छन्ः विश्व स्वास्थ्य संगठन

काठमाण्डौ, १ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले झण्डै विश्वका २ सय करोड मानिसहरुले प्रदूषित पानीको प्रयोग गरिरहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

युएन एजेन्सीले भन्यो, ‘स्वच्छ र सफा पानीलाई विश्वको पहुँचमा पुर्‍याउन चमत्कारिक परिवर्तन गरिनुपर्छ ।’

प्रदूषित पानीको प्रयोग गरेकै कारण वर्षेनि ५ लाखभन्दा धेरै मानिसहरु झाडापखालको शिकार भएर मर्ने विश्व स्वास्थ्य संगठन जनस्वास्थ्य विभागकी प्रमुख मारिया नेइराले बताइन् ।