May 26, 2017

राष्ट्रिय अायाेजनालाई समयमा नै सम्पन्न गर्न प्रधानमन्त्रीकाे जाेड

काठमाण्डौ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दल निर्वाचनमा सहभागी भएको भन्दै यसले मुलुकको विकासमा ठूलो सहयोग पुग्ने बताएका छन् ।

सिंहबारमा बुधबार बसेको राष्ट्रिय योजना आयोगको बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले राजनीतिक एकता कायम गर्न सरकार सफल भएको भन्दै यसले आर्थिक क्षेत्रमा पनि सकारात्मक फड्को मारेको दाबी गरे । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनालाई समयमा सम्पन्न गर्न मातहतका सबै मन्त्रालयले समन्वन्यनकारी भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।

साथै पूँजीगत खर्च बढाउनुपर्ने र विकास निर्माणको परियोजनाको निरन्तर अनुगमन र निरीक्षणमा लाग्न दाहालले निर्देशन दिए । उक्त बैठकमा योजना आयोग र विभिन्न मन्त्रालयबाट भइरहेका विकास निर्माण, भौतिक पूर्वाधार निर्माण लगायतका आयोजनाको प्रगतिका बिषयमा जानकारी गराइएकाे थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *