अफगानिस्तानमा नेटाेले प्रयाेग गरेकाे साधनलाई लक्षित गरी आत्मघाती विस्फोट

काठमाण्डौ, २० वैशाख । अफगानिस्तानको राजधानी काबुलमा बुधबार आत्मघाती बम विस्फोटमा परी ८ नागरिकको मृत्यु भएको र कम्तिमा २८ जना घाइते भएको अधिकारीहरुले बताएका छन् ।

नेटो ‘अन्तर सरकारी सैन्य गठबन्धन’ को नेतृत्वमा रहेको रोेग प्रतिरोधक सहायता मिसनद्वारा प्रयोग गरिएको साधनलाई लक्षित गरेर आक्रमण गरिएको बताइएको छ । काबुलको व्यस्त क्षेत्र मानिएको स्थानमा बिहानको समयमा विस्फोट हुँदा अरु थुप्रै यातायातका साधनहरु पनि क्षतिग्रस्त भएका छन् ।

विशेषगरी तालिवानले पछिल्लो हप्ता सुरु गरेको इस्प्रिङ् (वसन्त) आक्रमणसँगै विदेशी शक्तिहरुलाई निशाना बनाउने धम्की दिएको थियो ।