August 17, 2017

भारतमा पछिल्लो १६ महिनामा ५४ पत्रकारमाथि हमला

काठमाण्डौ, २० वैशाख । मिडियाको पहरेदारको रुपमा रहेको ‘द हूट’ को रिपोर्ट अनुसार भारतमा पछिल्लो १६ महिनामा ५४ पत्रकारमाथि हमला भएको छ ।

यो प्रतिवेदन अनुसार भारतमा खोजी पत्रकारिताका लागि खतराको संकेत भएको बताइएको छ । केन्द्रीय मन्त्री हंसराज गंगाराम अहिरले सन् २०१४–२०१५ को बीचमा १ सय ४२ पत्रकारको मृत्यु भएको संसदलाई जानकारी गराएका छन् ।

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा ‘द वर्ल्ड प्रेस फ्रिडम’ को तथ्याङ्क अनुसार भारत प्रेस स्वतन्त्रताको हिसाबले १ सय ३६ औं स्थानमा रहेको छ ।