सिरियामा शरणार्थी क्याम्प बाहिर हमला हुँदा ३० को मृत्यु

काठमाण्डौ, १९ वैशाख । सिरियाको शरणार्थी क्याम्प बाहिर हमला हुँदा कम्तिमा ३० भन्दा बढि नागरिक र लडाकुहरुको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताए अनुसार आईएसले विस्थापित सिरियाली र इराकी शरणार्थीहरुको शिविरमा हमला गरेको बताएका छन् ।

हमलाका क्रममा आईएस लडाकु नजिक तैनाथ सिरियन डेमोक्रेटिक फोर्सका सदस्यहरुसँग पनि झडप भएको छ ।