Breaking News

बन्दुकधारीहरुले जम्मु कश्मीरमा रहेकाे बैंकबाट ६५ हजार भारु लुटे

काठमाण्डौ, १९ वैशाख । दुई बन्दुकधारीले मंगलबार जम्मु र कश्मीरको कुलगाम जिल्लामा रहेको बैंकबाट रु ६५ हजार भारु लुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पुलिस अधिकृतका अनुसार दुई बन्दुकधारीहरु कादर गाउँमा रहेको ईलाकाइ देहटी बैंक (क्षेत्रीय ग्रामीण बैंक) भित्र छिरेर बन्दुकको आडमा ६५ हजार भारु लुटेको बताए ।

एकदिन अघि पनि आतंकवादीहरुले कुलगाम गाउँको पोबाई गाउँमा ५ पुलिसकर्मी र २ बैंकका कर्मचारीको हत्या गरेका थिए ।

shares