आईपिएलमा आज दिल्ली र सनराइज भिड्दै

काठमाण्डौ, १९ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज दिल्ली डेयरडेभिल्स र सनराइज हैदराबाद भिड्दैछन् ।

दिल्लीको फिरोज शाह कोटला स्टेडियममा हुने एकमात्र खेलमा दिल्ली र सनराइज नेपाली समय अनुसार राति ८ः १५ मा भिड्दैछन् । यो खेल जारी प्रतियोगिताको ४० औं खेल हो ।

तालिकाको तेस्रो स्थानमा रहेको सनराइजको १३ अङ्क छ भने तालिकाको पुछारमा रहेको दिल्लीको जम्मा ४ अङ्क मात्र छ ।