प्रथम दक्षिण एसियाली योग खेलकुद च्याम्पियनसिप हुने

लोकेन्द्र बस्नेत \ काठमाण्डौ, १९ वैशाख । नेपाल योग खेलकुद संघको आयोजनामा प्रथम दक्षिण एसियाली योग खेलकुद च्याम्पियनसिप बैशाख २३ गतेदेखि हुने भएको छ ।

अायाेजकले मंगलबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गरायो । च्याम्पियनसिपमा ८ देखि १२ वर्षसम्म, १२ देखि १४ वर्षसम्म, १४ देखि १८ वर्षसम्म तथा १८ देखि ३५ वर्षसम्म समूह निर्धारण गरी प्रतिस्पर्धा गराइने आयोजक संघका अध्यक्ष प्रा.डा. सूर्यबहादुर कार्कीले जानकारी दिए ।

व्यक्तिगत रुपमा पनि सहभागी हुन पाउने व्यवस्था छ । चारदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा हुने छ ।