Breaking News

रामेछापमा प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता सम्पन्न

उमङ्ग मैनाली/रामेछाप, १९ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि रामेछापमा पनि मंगलबार मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको छ ।

उमाकुण्ड गाउँपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रबाट क्रमशः प्रमुख र उपप्रमुखमा हिक्तमत सुनुवार र उर्मिला कार्की बस्नेत, शेरबहादुर सुनुवार र महारानी कार्की, मदन कालिकोटे र लक्ष्मी तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी गोकुलगंगामा कांग्रेसका नानीबाबु बस्नेत र तुलशा केसी खड्का, एमालेका खड्गबहादुर सुनुवार र राधिका श्रेष्ठ तथा माओवादी केन्द्रबाट प्रेमबहादुर कार्की र मञ्जु बस्नेतले प्रमुख र उप्रमुखका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

लिखु गाउँपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रबाट क्रमशः चन्द्र राउत र कल्पना खड्का, गोविन्द खड्का र दीपशिखा दाहाल तथा ध्रुव कार्की र वन्दना श्रेष्ठ पौडेलले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

खाँडादेवी गाउँपालिकामा कांग्रेसबाट वेदराज लामा र मिना श्रेष्ठ, एमालेबाट प्रेम तामाङ र मखमली श्रेष्ठ तथा माओवादी केन्द्रबाट शिवकुमार कार्की र सुकु माझी उम्मेदवार भएका छन् । दोरम्बामा कांग्रेस, एमाले र माओवादी केन्द्रबाट क्रमश प्रमुख र उप्रमुखमा मानबहादुर लामा र खमला थापा मगर, प्रेम लामा र सुभद्रा पाठक कँडेल तथा कमानसिंह मोक्तान र कृसला घिसिङको उम्मेदवारी रहेको छ ।

सुनापतिमा कांग्रेसबाट क्रमशः प्रमुख र उप्रमुखमा जितेन्द्र मोक्तान र विनिता खड्का, एमालेबाट प्रदिप योञ्जन र पासाङ डोल्मा लामा तथा माओवादी केन्द्रबाट धावा लामा र गिता विष्टको उम्मेदवारी परेको छ ।

२ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापको मन्थली नगरपालिकामा क्रमशः नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख र उपप्रमुखमा विनोद कार्की र गंगा अधिकारी, रमेश बस्नेत र मायाँ कार्की, तारानारायण श्रेष्ठ र रीतादेवी घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी रामेछाप नगरपालिकामा नेपाली कांग्रेसबाट नरबहादुर मगर र सिर्जना खड्का, एमालेबाट रोशन पाख्रिन र शान्तादेवी पौडेल सापकोटा तथा माओवादी केन्द्रबाट शिसिर खड्गी र इन्दिरा बख्रेलले उम्मेदवार दर्ता गराएका छन् ।

shares