October 19, 2017

ललितपुरमा विभिन्न पार्टीद्वारा मेयर–उपमेयर पदमा उम्मेदवारी दर्ता

काठमाण्डौ, १९ वैशाख । नजिकिँदै गरेको स्थानीय तहलाई लक्षित गर्दै विभिन्न पार्टीहरुले ललितपुर महानगरपालिकाको मेयर–उपमेयर पदका लागि उम्मेदवारहरु चयन गरेका छन् ।

एमालेले लामो समयको छलफलपछि हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जन र उपमेयरकी उम्मेदवार गीता सत्यालले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्रबाट मेयरमा दिनेश महर्जन र उपमेयरमा मन्जली शाक्यको उम्मेदवारी दर्ता भएको छ । दिपेश माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् भने शाक्य केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् ।

यसैगरी राप्रपाका राजुकाजी प्रधानले मेयरमा र हरिकृष्ण व्यञ्जनकारले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।