August 23, 2017

निर्वाचनलाई लक्षित गर्दै तीन साना दलबीच एकता

काठमाण्डौ, १९ वैशाख । स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न साना दलहरुले संघीय मोर्चा गठन गरेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, नेपाली जनता दल र खम्वुवान राष्ट्रिय मोर्चा नेपालले मंगलबार संघीय मोर्चा गठन गरेको घोषणा गरेको हो । व्यवस्थापिका संसदमा तीन पार्टीकै एक एक सांसद रहेका छन् ।

राज्यको मूलधारमा समेटिन नसकेका बहिस्कृत जाति र समुदायहरुसँग सामाजिक सहकार्य निर्माण गर्दै सहमतिका आधारमा मोर्चालाई अघि बढाउने सहमति भएको जनता दलका अध्यक्ष हरिचरण साहले जानकारी दिए । साथै मोर्चामा आबद्ध तीन दलहरुले पालैपालो बैठकको अध्यक्षता गर्ने पनि उनले बताए ।

नवगठित मोर्चाले स्थानीय तहको निर्वाचन एकैचरणमा गर्नुपर्ने भए पनि दुई चरणमा हुन लागेको भन्दै यसमा सक्रियपूर्वक लाग्ने पनि जनाएको छ ।