नेकपा (माओवादी केन्द्र) का पोलिटब्युराे सदस्य बोहराद्वारा पार्टी परित्याग

काठमाण्डौ, १९ वैशाख । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युराे सदस्य श्यामबहादुर बोहराले पार्टिमा इमान्दार नेता–कार्यकर्ताभन्दा ठेकेदारहरुको हालिमुहाली बढेको भन्दै पार्टी परित्याग गरेका छन् ।

काठमाडौमा मंगलबार पत्रकार सम्मेलनमा पोलिटब्युराे सदस्य बोहराले माओवादी केन्द्रका नेताहरु पार्टी र सरकारको माथिल्लो निकायमा पुग्न जाल, झेल गरिरहेको बताए ।

त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) दाङ सेक्रेटरी खम्बु चन्दको नेतृत्वमा आधा दर्जन नेता–कार्यकर्ताले पनि विद्रोह गरेका छन् ।