August 16, 2017

राष्ट्रपतिद्वारा ‘कम्पनी (पहिलो संशोधन) विधेयक, २०७४’ प्रमाणीकरण

काठमाण्डौ, १९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदको बैठकबाट पारित भएको ‘कम्पनी (पहिलो संशोधन) विधेयक, २०७४’ प्रमाणीकरण गरेकी छिन् ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा उक्त विधेयक बुझ्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।