August 21, 2017

साझा पार्टी र विवेकशील पार्टीद्वारा मेयर पदमा उम्मेदवारी दर्ता

काठमाण्डौ, १९ वैशाख । काठमाण्डौ महानगरपालिकाको मेयर पदमा साझा पार्टी र विवेकशील नेपाली पार्टीले उम्मेदवारी दर्ता गराएको छ ।

साझा पार्टीका किशोर थापा र विवेकशील पार्टीकी रन्जु दर्शनाले मेयर पदमा उम्मेदवार दर्ता गराएका हुन् । साझा पार्टीले उपमेयरमा निरुपमा यादवको उम्मेदवारी पनि दर्ता गराएको छ । मेयरमा उम्मेदवारी मनोनयन गरेपछि संचारकर्मीसँग कुरा गर्दै थापाले काठमाण्डौलाई युवाहरुका अवसरयुक्त बनाउनका लागि आफूले सक्दो पहल गर्ने बताए ।

त्यस्तै विवेकशील पार्टीकी मेयरका उम्मेदवार दर्शनाले आफ्नो उम्मेदवारीले नेपाली राजनीतिमा नयाँ आयाम थपिने दाबी गरिन् । उनले निर्वाचनमा जिताउन सबै युवा पुस्ताले आफूलाई साथ दिने विश्वास पनि व्यक्त गरिन् ।

साथै काठमाण्डौ महानगरपालिकामा केही स्वतन्त्र व्यक्तिहरुले पनि मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।