November 17, 2017

प्रधानमन्त्रीलाई वाम तालमेलसगँ नडराउन प्रदीप ज्ञवालीकाे आग्रह

शिवलाल सुवेदी/ गुल्मी ६ कार्तिक । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले वाम तालमेलसगँ डराएर विभिन्न अभिव्यक्ति दिएकाे भन्दै तालमेलसगँ नडराउन आग्रह गरेका छन् ।

प्रेस चौतारी गुल्मीले सोमबार तम्घासमा अयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले वामपन्थीहरुको पाटी निमार्ण गर्ने तयारी भैरहेकाले वाम एकतावाट कुनै पनि शक्ति अतालिनु पर्ने कुनै पनि कारण नभएको स्पष्ट पारे ।

उनले  माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चालगायत अन्य वामपन्थी शक्तिहरु बिच चुनावी तालमेल भन्दै सवै पार्टीको विचार एउटै भएकाले पाटी एकीकरण गर्न कुनै समस्या नरहेकाे बताए । उनले भने‘ नेताहरु ब्यवस्थापन देखि केही साना समस्याहरु छलफलबाट साघुरिदै गएकाले पाटी एकीकरण हुन्छ ।’

उनले माओवादी केन्द्रसगँ सरकार निमार्ण गर्ने देखि स्थानीय तह निर्वाचनमा कांग्रेसले तालमेल गर्दा अधिनायकवाद नहुने तर एमालेसगँ चुनावी तालमेल गर्दा अधिनायकवाद हुने कस्तो बिचार हो कांग्रेसको भन्दै प्रश्न समेत गरे ।

मनोनयन दर्ता गर्ने क्रममा केही स्थानहरुमा तालमेलमा समस्याहरु देखिएकाे भन्ने पत्रकारहरुको जिज्ञाशामाउनले पाटीको हित भन्दा ब्यक्ति हित नहुने भन्दै केही समस्या देखा परेपछि त्यो समाधान हुने बताए ।