November 17, 2017

सरकारद्वारा रेग्मीलाई मुख्य सचिवमा नियुक्त गर्ने तयारी

काठमाण्डौ, ६ कार्तिक । सरकारले आज नयाँ मुख्यसचिव नियुक्त गर्ने भएको छ । अहिलेका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि उमेरहदका कारण अवकाश पाउने भएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गर्न लागेको हो ।

अाजकाे मन्त्रीपरिषद बैठकले गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिव नियुक्त गर्ने तयार रहेको मन्त्रीपरिषद निकट श्रोतले जानकारी दिएको छ ।

मन्त्रीपरिषद बैठकले केही सचिवको बढुवा र सरुवा गर्ने तयारी पनि गरेको छ । अहिले खाली रहेका प्रशासन समुहका तीनजना सचिवको बढुवा, उनीहरुको पदस्थापन र केही सचिवको सरुवा गर्ने तयारी रहेको पनि रहेकाे छ ।