हिन्दू दम्पतीको कम्तिमा ८ सन्तान हुनपर्छः सनातन धर्म महासंघका अध्यक्ष गिरी

काठमाण्डौ, १९ वैशाख । सनातन धर्म महासंघका अध्यक्ष स्वामी प्रवोधानन्द गिरीले हिन्दूत्व बचाउनका लागि हिन्दू दम्पतीको कम्तिमा ८ सन्तान हुनपर्ने बताएका छन् ।

‘अहिलेको वर्तमान समयमा हिन्दू धर्ममाथि आक्रमण भइरहेको छ, यसलाई बचाउनु हामी सबैको कर्तव्य हो र हिन्दूहरुले हामी दुई र हाम्रो आठको सूत्रलाई पछ्याउनुपर्छ ।’ अध्यक्ष गिरीले भने ।

हिन्दूहरुको रक्षाका लागि हिन्दू रक्षक दल पनि गठन गरिएको गिरीले जानकारी दिए ।