November 17, 2017

यी हुन, कांग्रेसका ३२ जिल्लाबाट प्रतिनिधिसभाका लागी मनोनयनमा दर्ता हुने

काठमाण्डौ, ५ कार्तिक । नेपाली कांग्रेसले पहिलाे चरणमा निर्वाचन  हुने ३२ जिल्लाका लागि प्रतिनिधिसभाका उम्मेदवारकाे टुंगो लगाएको छ ।

कांग्रेसको संसदीय बोर्डको बैठकले सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिक र गोरखामा नयाँ शक्ति पार्टीसँग एक एक क्षेत्रमा तालमेल गर्दै बाँकी ठाउँमा उम्मेदवार तय गरेको हो ।

जसअनुसार कांग्रेसले गोरखा क्षेत्र नम्बर २ नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईलाई छोडेको छ भने गोरखाको क्षेत्र नम्बर १ मा नयाँ शक्तिले कांग्रेसका चीनकाजी श्रेष्ठलाई समर्थन गर्नेछ ।

एमाले र माओवादीले ३२ जिल्लाका सबै सीटहरुमा तालमेल गरेको अवस्थामा कांग्रेसले उनीहरुसँग लगभग एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । तथापि सिन्धुपाल्चोक २ मा पशुपति समशेरलाई सघाएका कारण सिन्धुपाल्चोक १ मा राप्रपाले कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई भोट हाल्नेछ ।

प्रतिनिधिसभामाका लागि ३२ जिल्लामा नेपाली कांग्रेस एवं प्रजातान्त्रिक गठबन्धनका उम्मेवारहरुको विवरण यस्तो छः

ताप्लेजुङ- केशव दाहाल

पाँचथर- भीष्मराज आङदेम्बे

संखुवासभा-दीपक खड्का

भोजपुर- उमेशजंग रायमाझी

खोटाङ- सरस्वती बजिमय

सोलुखुम्बु- बलबहादुर केसी

ओखलढुंगा- रामहरि खतिवडा

सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत

सिन्धुपाल्चोक २- पशुपतिसमशेर राणा (राप्रपा प्रजातान्त्रिक)

दोलखा- रुद्र खड्का

रामेछाप- कान्छाराम तामाङ

नुवाकोट १ – डा. रामशरण महत

नुवाकोट २- अर्जुननरसिंह केसी

रसुवा :  प्रेम तामाङ (नयाँ शक्ति )

धादिङ १ – विश्व अर्याल

धादिङ २- दिलमान पाख्रिन

लमजुङ- दिलबहादुर घर्ती

मनाङ- टेकबहादुर गुरुङ

मुस्ताङ : रोमी गौचन थकाली

म्याग्दी- खम्वीर गर्बुजा

गोरखा १ – चीनकाजी श्रेष्ठ

गोरखा २- बाबुराम भट्टराई (नयाँशक्ति)

बाग्लुङ १ – चम्पादेवी खड्का

बाग्लुङ २- निरज पुन

रुकुम पूर्व- गोपालजीजङ्ग शाह

रोल्पा- अमरसिंह पुन

जाजरकोट- राजीवविक्रम शाह

कालीकोट- भूपेन्द्रजंग शाही

हुम्ला- मंगल शाही

जुम्ला- देवेन्द्र शाही

मुगु- हस्तबहादुर मल्ल

डोल्पा- अंगद बूढा

रुकुम पश्चिम- वीरबहादुर ओली

बझाङ- पृथ्वीबहादुर सिंह

बाजुरा- कबिराज पण्डित

बैतडी- नरबहादुर चन्द

दार्चुला- विक्रम सिंह