October 19, 2017

भारतले दियो निर्वाचनका लागी ८६ वटा सवारी साधन

काठमाण्डौं १९ बैशाख । छिमेकी मुलुक भारतले स्थानीय निकायको निर्वाचन प्रयोजनका निम्ति  निर्वाचन आयोगलाई ८६ वटा सवारी साधन दिएको छ ।

निर्वाचन आयोग परिसरमा एक कार्यक्रमका गरी भारतीय राजदूत  मन्जिवसिंह पुरीले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई सवारी साधनको सांचो हस्तान्तरण गरे ।

कुल ८ करोड ९० लाख रुपैया“ बराबरकोे ३५ वटा पिक अप भ्यान, ७ वटा स्कोरपियो जिप, ३० वटा मोटरसाइकल, ७ वटा स्कुटर, ५ वटा कार, एउटा मिनीबस र माइक्रो बस भारतले उपलब्ध गराएको हो ।