November 17, 2017

एमालेले २५ जिल्लाका उम्मेदवारकाे लगायाे टुङ्गो , (हेर्नुहाेस् सूची)

काठमाण्डौ, ४ कार्तिक । नेकपा एमालेले आउँदो मंसिर १० गते हुने पहिलाे चरणकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि २५ जिल्लाका उम्मेदवारकाे नाम टुङ्गो लगाएको छ ।

माओवादी केन्द्रसँग सिट बाँडफाँडको सहमतिपछि आफूले पाएका सिटमा एमालेले उम्मेदवार तय गरेको हो । एमालेको स्थायी कमिटिको बैठकले प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग र सिन्धुपाल्चोकमा माओवादी केन्द्रसँग थप परामर्श गरेपछि उम्मेदवार  घोषणा गर्ने पनि एमालेले निर्णय गरेको छ । एमालेले प्रस्तावित नाममा आवश्यकताअनुसार परिवर्तन गर्न सक्ने पनि जनाएको छ । एमालले आफूले सिट पाएका २५ जिल्लामा उम्मेदवार तय गरेको हो ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा एमालेले पार्टीका तर्फबाट टुङ्गो लगाइएका उम्मेदवारः

दार्चुला

  • प्रतिनिधिसभा–गणेशसिंह ठगुन्ना
  • प्रदेशसभा १–वीरबहादुर ठगुन्ना

बाजुरा

  • प्रतिनिधिसभा–लालबहादुर थापा
  • प्रदेशसभा–१ बलदेव रेग्मी
  • प्रदेशसभा–२ प्रकाश शाह

बैतडी

  • प्रतिनिधिसभा–दामोदर भण्डारी
  • प्रदेशसभा २–लीलाधर भट्ट

बझाङ

  • प्रतिनिधिसभा–भैरवबहादुर सिंह
  • प्रदेशसभा–अर्जुन थापा

डोल्पा

  • प्रतिनिधिसभा–धनबहादुर बुढा
  • प्रदेशसभा–१ नन्दसिंह बुढा

मुगु

  • प्रतिनिधिसभा–गोपाल बम
  • प्रदेशसभा–१ दानसिंह परियार
  • प्रदेशसभा– २ चन्द्रबहादुर शाही

जुम्ला

  • प्रदेशसभा–२  पदमबहादुर रोकाया

कालिकोट

  • प्रदेशसभा–१ कुर्मराज शाही

जाजरकोेट

  • प्रदेशसभा–१ नीरज आचार्य
  • प्रदेशसभा– २  करवीर शाही

मुस्ताङ

  • प्रतिनिधिसभा–प्रेमप्रसाद तुलाचन – महेन्द्र थकाली
  • प्रदेशसभा–१ इन्द्रधारा बिष्ट
  • प्रदेशसभा– २ प्रेमप्रसाद तुलाचन- महेन्द्रबहादुर थकाली

मनाङ

  • प्रतिनिधिसभा–पोल्देन छोपाङ गुरुङ
  • प्रदेशसभा–२ खण्डा लामा गुरुङ
  • प्रदेशसभा–१ दोर्जे डण्डुल गुरुङ

म्याग्दी

  • प्रतिनिधिसभा–भूपेन्द्रबहादुर थापा
  • प्रदेशसभा–२  नरदेवी पुन

लमजुङ

  • प्रदेशसभा–१ धनञ्जय दवाडी
  • प्रदेशसभा २–पृथ्वीसुब्बा गुरुङ

गोरखा

  • प्रदेशसभा १ को २–रामशरण बस्नेत

रसुवा

  • प्रतिनिधिसभा–१ जनार्दन ढकाल
  • प्रदेशसभा–१  कन्र्याल तामाङ

नुवाकोट

  • प्रतिनिधिसभा १ र (प्रदेशसभा–२): वद्री मैनाली
  • प्रतिनिधिसभा २–नारायणप्रसाद खतिवडा
  • प्रदेशसभा–१  केशव पाण्डे

धादिङ

  • प्रतिनिधिसभा–१ भूमि त्रिपाठी
  • प्रदेशसभा–१ राजेन्द्रप्रसाद पाण्डे
  • प्रतिनिधिसभा–२ खेम लोहनी
  • प्रदेशसभा १– डा. रामकुमार अधिकारी

पाँचथर

  • प्रतिनिधिसभा–वसन्त कुमार नेम्बाङ
  • प्रदेशसभा–१ गणेशकुमार काम्बाङ

ताप्लेजुङ

  • प्रतिनिधिसभा–योगेशकुमार भट्टराई
  • प्रदेशसभा १–बलबहादुर साम्सोहाङ

संखुवासभा

  • प्रतिनिधिसभा–राजेन्द्र गौतम
  • प्रदेशसभा २–तुलसी न्यौपाने

भोजपुर

  • प्रदेशसभा १ः राजेन्द्रकुमार राई
  • प्रदेशसभा २ः शेरधन राई

ओखलढुङ्गा

  • प्रतिनिधिसभा–यज्ञराज सुनुवार
  • प्रदेशसभा १ः अमिरबहादुर गुरुङ

सोलुखुम्बु

  • प्रदेशसभा १–मानवीर राई
  • प्रदेशसभा २–वुद्धिकुमार राजभण्डारी

खोटाङ

  • प्रतिनिधिसभा–विशाल भट्टराई
  • प्रदेशसभा १ः राजन राई

रामेछाप

  • प्रदेशसभा १–शान्तिप्रसाद पौडेल
  • प्रदेशसभा २–कैलाश ढुङ्गेल