November 17, 2017

प्रदेश र प्रतिनिधि सभाकाे चुनाव तोकिएकै मितिमा : प्रमुख निर्वाचन अायुक्त

काठमाण्डौ ३ कार्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन ।

यादवले शंका गर्नुभन्दा पनि निर्वाचनलाई कसरी स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकिन्छ भनेर सबैले सोच्नुपर्ने बेला आएको भन्दै यतातर्फ सोच्न आग्रह गरे ।ु

शुक्रबार रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो टोलीसँग ललितपुरस्थित् आफ्नै निवासमा कुराकानी गर्दै प्रमुख आयुक्त यादवले स्वतन्त्र निर्वाचन सम्पन्न गराउन आयोग लागिपरिरहेकोले उक्त लक्ष्यमा मिडियाले पनि उतिकै सहयोग पुर्याउने आफूहरुले अपेक्षा लिएको बताए ।

यादवले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पनि अझै उत्कृष्ट रुपमा सम्पन्न निर्वाचन आयोग दृढ संकल्प र आत्मविश्वस्त रहेको जनाए ।